वैखरी अनलाईन : नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशले बृहत रक्तदान, बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । आज शनिबार बाणगंगाको जितपुर अवस्थित कपिलवस्तु उद्योग बाणिज्य संघको भवनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
यस्तै कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिका पदाधिकारी एवम् सदस्यहरूलाई सम्मान समेत गरिएको छ । यस्तै शिक्षक संघ लुम्बिनी प्रदेश कार्यालय उद्घाटन गरिएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुनले यस्ता कार्यक्रमले शिक्षकहरुबीचको सहकार्य थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ । कार्यक्रममा कार्यवाहक अध्यक्षको जिम्मेवारी दिपक शर्मा ज्ञावालीलाई सुम्पिदै सस्थापक अध्यक्ष अर्जुन योगिलाई धन्यवाद ज्ञापन गरिएको थियो ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुनको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको संचालन महासचिव कृष्ण पङेनीले गर्नुभएको थियो । नवयुग शिक्षक सहकारी कपिलवस्तुले कार्यक्रमको ब्यवस्थापन गरेको हो ।
यस्तै नेपाली कांग्रेस बाणगंगाका सचिव सुर्य बरालले यस्ता कार्यक्रमले समाजमा एक सकारात्मक सन्देश दिने भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभएको छ ।
यसैबीच नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश कार्यसमितिको पूर्ण बैठक पनि सम्पन्न भएको छ ।