गृहपृष्ठ Featured अभिनेता पललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

अभिनेता पललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

प्रकाशित मिति:

काठमाडौं : जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत तनहुँले आइतबार शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको हो ।

बुधबार शाहविरुद्ध एक नाबालिका गायिकामाथि बलात्कार गरेको उजुरी परेको थियो । त्यसपछि फरार रहँदै आएका उनले आइतबार दिउँसो मात्र जिल्ला प्रहरी कार्यालय तनहुँको सम्पर्कमा आएका थिए ।

सम्बन्धित् समाचार