गृहपृष्ठ Featured एमसीसीको व्याख्यात्मक घोषणालाई भीम रावलले भने- ‘भ्रामात्मक घोषणा र ठगपत्र’

एमसीसीको व्याख्यात्मक घोषणालाई भीम रावलले भने- ‘भ्रामात्मक घोषणा र ठगपत्र’

प्रकाशित मिति:

काठमाडौँः नेकपा ९एमाले० का सांसद भीम रावलले सत्ता गठबन्धनले एमसीसी पारितका लागि संसदमा ल्याएको व्याख्यात्मक घोषणालाई ठगपत्र भएको बताएका छन्। रावलले अन्तर्राष्ट्रिय कानुन अनुसार एकपक्षीय रुपमा गरिने घोषणाले कुनै अर्थ नराख्ने समेत बताए। उनले व्याख्यात्मक घोषणालाई भ्रामात्मक घोषणा भएको बताए।

होहल्लाबीच सम्झौता पारित गर्नु राष्ट्रप्रति घात भएको रावलको भनाई छ। उनले व्याख्यात्मक घोषणालाई दुई पक्षीय सम्झौता एकपक्षीय रुपमा घोषणा गरिएको ठगपत्र मात्र भएको बताए।

सम्झौता पारित कलंकको रुपमा स्थापित हुने रावलको जिकिर छ।

उनले प्रधानमन्त्री र उनका सल्लाहकारलाई एमसीसीका दफाहरुमा बहसमा आउन चुनौती पनि दिए। राष्ट्रियताको विषय जोडिएको सम्झौतालाई हतारहतार पारित गर्नु देशप्रतिको नाङ्गो षडयन्त्र भएको उनको भनाई छ।

महाकाली सन्धिका क्रममा पास भएको संकल्प प्रस्ताव कहाँ छ भनेर रावलले प्रधानमन्त्री देउवालाई प्रश्न समेत गरे।

सम्बन्धित् समाचार