काठमाडौं : जनता समाजवादी पार्टी ९जसपा०को केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय बालकुमारीमा जारी बैठकमा निर्धारित एजेण्डामाथि छलफल भइरहेको प्रमुख सचेतक प्रमोद साहले जानकारी दिए ।
शुक्रबारदेखि सुरु भएको बैठक एमसीसी अनुमोदनका कारण आइतबार प्रभावित भएको थियो । शुक्रबार र शनिबारको बैठकले स्थानीय तहको निर्वाचन र एमसीसीको एजेण्डा टुंग्याएको थियो ।








