गृहपृष्ठ Featured सत्तामा टिकीरहन माओवादी केन्द्रले एमसीसी अनुमोदन गर्‍यो : एमाले

सत्तामा टिकीरहन माओवादी केन्द्रले एमसीसी अनुमोदन गर्‍यो : एमाले

काठमाडौंः नेकपा एमालेले सत्तामा टिकीरहन माओवादी केन्द्रले अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन गरेको आरोप लगाएको छ । एमसीसी अनुमोदनपछि एमालेले मंगलबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएको हो ।

‘गठबन्धनका केहि दलहरुले एमसीसी सम्झौता राष्ट्रघाती भन्दै कार्यकर्ता भडकाउने र जनतामा अन्योलता सृजना गर्दै आए । द्विपक्षीय विषयलाई भूराजनीतिक विषय बनाए । २४ घण्टा अघि सत्ता छाड्ने तर एमसीसी पास हुन नदिने अभिव्यक्ति पनि दिँदै आए । २४ घण्टापछि स्पष्टिकरण दिन थाले,एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, पद जोगिनु क्रान्ति, पद जानु प्रतिक्रान्ति । गठबन्धन ढले पद जाने र आफ्ना हितैषिहरुको पनि पद जाने भएकाले समर्थन गर्नुको विकल्प नरहेको बताए ।’

उनले संसदको ठूलो दललाई बाहिर राखेर संवेदनशिल निर्णय गरिएको बताए । उनले यस क्रममा धेरै भ्रमहरु पनि फिजाएको आरोप लगाए। सत्ता गठबन्धनका नेताहरुमा आज्ञानता र गैरजिम्मेवारीपन देखिएको भन्दै उनले  भने,’ राष्ट्रिय हितको वास्ता नगरी निजी स्वार्थ पूरा गर्न खोज्ने उनीहरुका बोली र व्यवहारमा रहेको छेपारेपनले सत्ता सञ्चालन गरिरहेका नेताहरुमा अविश्वसनीयता कायम रहेको पुष्टि हुन्छ ।’

सम्बन्धित् समाचार