कपिलवस्तु : कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ इमिलियामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन गरिएको छ। कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रको प्राविधिक सहयोमगमा नगरपालिकाले सेवा केन्द्र सञ्चालनमा ल्याएको हो। मेयर केवश कुमार श्रेष्ठले उद्घाटन गरी केन्द्र सञ्चालन गरिएको हो।
सो अवसरमा मेयर श्रेष्ठले नगरपालिकाको नीति अनुसार नै केन्द्र सञ्चालन गरिएको बताए। उनले गत वर्ष नै केन्द्र सञ्चालनमा ल्याउन खोजे पनि प्राविधिक कारणले नसकेको भन्दै यस वर्षदेखि सञ्चालन भएकोमा खुशी व्यक्त गरे। उनले अब नगरवासीहरुले आयुर्वेद प्रणालीबाट उपचारको सेवा पाउने उनले बताए।
सो अवसमा कपिलवस्तु आयुर्वेद स्वास्थय केन्द्रका प्रमुख डाक्टर प्रवेश श्रीवास्तवले सरकारको एक नगरपालिका एक आयुर्वेद केन्द्र सञ्चालन गर्ने नीति अनुरुप नै यो केन्द्र सञ्चालनमा लयाइएको बताए। उनले केन्द्रमा हप्ताको ३ दिन उपचार र औषधि वितरण बाँकी रहेका दिनमा नगरक्षेत्र भित्र योग शिविरलगातयका जनचेतना मुलक कार्यक्रम गरिने बताए।
मेयर श्रेष्ठको अध्यक्षता, राजन कुमार पोख्रेलको सञ्चालनमा भएको कार्यक्रममा एमालेका नगर अध्यक्ष देवीराम बेल्बासे, कांग्रेसका नगर अध्यक्ष माधव दमासे लगातयले शुभकामना मन्तव्य दिएका थिए।