गृहपृष्ठ Featured कपिलवस्तुमा मेला हेरेर फर्कने क्रममा ट्रयाक्टर दुर्घटना : ९ जना घाईते, एकको अवस्था गम्भिर

कपिलवस्तुमा मेला हेरेर फर्कने क्रममा ट्रयाक्टर दुर्घटना : ९ जना घाईते, एकको अवस्था गम्भिर

प्रकाशित मिति:

सागर वि.क. (वैखरी अनलाईन) : कपिलवस्तुमा ट्रयाक्टर दुर्घटना हुदाँ १८ जना घाईते भएका छन् । जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर १० चेतरादेईमा मंगलबार आज करिब दिउँसो ३ बजे लु ४ त ४४९२ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा एक घाईते एक जनाको अवस्था गम्भिर रहेको र थप उपचारको लागी भैरहवा पठाईएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

तौलिहवाको तौलेश्वरनाथ मन्दिरमा लागेको मेला हेरेर घर फर्कने क्रममा ट्रयाक्टर दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । अन्य घाईतेहरुलाई सामान्य चोटपटक लागेको प्रहरीको भनाई छ ।

ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार