गृहपृष्ठ Featured कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, १२७ संक्रमित

कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, १२७ संक्रमित

काठमाडौँ : कोरोना भाइरस संक्रमणबाट नेपालमा थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर गरी ३ जनाको ज्यान गएको जनाएको हो । सोही अवधिमा संक्रमितको संख्या भने १२७ रहेको छ ।

मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन विधिबाट ६ हजार ८७४ जनामा गरिएको परीक्षणमा १२७ जनामा संक्रमण देखिएको हो ।

पीसीआर विधिबाट ४ हजार ६७२ जनामा परीक्षण गर्दा १२३ र एन्टिजेन विधिबाट २ हजार २०२ जनामा परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै २४ घण्टामा निको हुनेको संख्या ३२१ रहेको छ । बुधबारसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ७७० रहेको छ ।

२४ घण्टामा ३५ हजार ७८८ जनाले खोप लगाएका छन् ।

सम्बन्धित् समाचार