गृहपृष्ठ flash २४ घण्टामा कोरोनाबाट ३ को मृत्यु, १०५ जना संक्रमित

२४ घण्टामा कोरोनाबाट ३ को मृत्यु, १०५ जना संक्रमित

प्रकाशित मिति:

काठमाडौँ : नेपालमा २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार देशभर गरी ३ जनाको मृत्यु भएको हो । त्यस्तै २४ घण्टामा ४ हजार ९२४ परीक्षणमा १०५ जना संक्रमित भएका छन् ।

२ हजार ४४८ पीसीआरमा ७० र २ हजार ४७६ एन्टिजेन परीक्षणमा ३५ जनामा पोजेटिभ देखिएको छ । बिहीबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ५१७ रहेको छ ।

२४ घण्टामा ३२० जना निको भएका छन् । सोही अवधिमा खोप लगाउनेको संख्या भने १ लाख २४ हजार ७८८ रहेको छ ।

सम्बन्धित् समाचार