गृहपृष्ठ Featured कपिलवस्तुको विजयनगरमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिसहित ५५ जना एमालेमा प्रवेश

कपिलवस्तुको विजयनगरमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिसहित ५५ जना एमालेमा प्रवेश

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुको विजयनगर गाउँपालिकामा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिसहित ५५ जना नेकपा एमाले प्रवेश गरेका छन् । आज बिहीबार वडा नं. ५ देविपुरमा आयोजित वडा भेला तथा प्रशिक्षण कार्यक्रममा वडा सदस्य राजमती पासी काँग्रेस परित्याग गर्दै एमाले प्रवेश गर्नु भएको छ ।

वडा भेलालाई सम्बोदन गर्दै विजयननगर गाउँपालिका अध्यक्ष तथा एमाले जिल्ला कमिटी सदस्य गोपाल बहादुर थापाले एमालेले गरेको काम हेर्न कपिलवस्तुमा एमालेले जितेका पालिका हेरे पुग्ने बताउनु भयो । भेलामा बोल्दै गाउँपालिका उपप्रमुख लक्ष्मी थारुले विजयनगर गाउँपालिकामा परिवर्तन ल्याएको कारणले एमाले प्रतिको मोह बढ्दै गएको दाबी गर्नु भयो ।

हरेका कार्यक्रममा एमाले प्रवेश गर्नेको लहर लागेको समेत थारुले बताउनु भयो । नव प्रवेसी पासीले काँग्रेस पार्टीले गरिब जनताको पक्षमा कहिल्यै काम नगर्ने बताउनु भयो । भेलामा अनवर मुसलमानको उपस्थिती रहेको थियो । भेलाको अध्यक्षता वडा कमिटि अध्यक्ष उमानाथ भट्टराईले गर्नु भएको थियो ।

सम्बन्धित् समाचार