गृहपृष्ठ Featured पाकिस्तानको पेशावरस्थित मस्जिदमा बम विस्फोट : कम्तीमा ३० जनाको मृत्यु

पाकिस्तानको पेशावरस्थित मस्जिदमा बम विस्फोट : कम्तीमा ३० जनाको मृत्यु

काठमाडौँ : पाकिस्तानको पेशावरस्थित एक मस्जिदमा भएको बम विस्फोटमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । शुक्रबार कोचा रिसालदार क्षेत्रमा रहेको शिया मस्जिदमा बम विस्फोट गराइएको हो ।

विस्फोटमा कम्तीमा ५० जना घाइते भएको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ । पेशावर प्रहरीका अनुसार एक जना प्रहरीको पनि विस्फोटमा परि मृत्यु भएको छ ।

आक्रमणकारीले मस्जिदको प्रवेशद्वारमा रहेका प्रहरीलाई गोली हानेर भित्र प्रवेश गरेको बताइएको छ । अहिलेसम्म कसैले पनि विस्फोटको जिम्मा लिएका छैनन् ।

 

सम्बन्धित् समाचार