गृहपृष्ठ Featured ओदारीमा स्थिति तनावग्रस्त : हवाई फायरसंगै अश्रुग्यास प्रहार

ओदारीमा स्थिति तनावग्रस्त : हवाई फायरसंगै अश्रुग्यास प्रहार

वैखरी अनलाईन : जिल्लाको बाणगंगा नगरपालिका वडा नं.११ ओदारीमा सवारी दुर्घटना परि एक जनाको मृत्यु भएपछि स्थिति तनाब ग्रस्त भएको छ। आइतबार साझ भारतीय नम्बर प्लेटको ठक्करबाट स्थानीयको  युवकको घटनास्थलमै मृत्यु भएपछि स्थिति तनाब ग्रहस्त भएको हो ।

दुर्घटनाबाट बाणगंगा नगरपालिका वडा नम्बर ११ का अनिल मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई ट्रकले ठक्कर दिएर ५० मिटर घिसार्दै लगेको प्रत्यक्षदर्शीले बताए । उनको शरीर क्षतबिक्षत भएको बताईएको छ ।

अहिले स्थानीयले घटनास्थलमा घटनाको बिरोध गरेका छन् । स्थितिलाई नियन्त्रणमा लि प्रहरीले हवाई फाएरसंगै अहिले प्रहरीले भीडलाई तितर-बितर पार्न अश्रुग्यास प्रहार गरेको स्थानीयले बताएका छन् ।

सम्बन्धित् समाचार