गृहपृष्ठ Featured माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं : नेकपा ९माओवादी केन्द्र०को केन्द्रीय समिति बैठक सुरु भएको छ ।काठमाडौं बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक सुरु भएको नेताहरूले बताएका छन् ।

२० फागुनमा सुरु भएको केन्द्रीय समिति बैठक आइतबार भने बस्न सकेको थिएन । बैठकमा समसामयिक राजनीति, स्थानीय तह निर्वाचनको तयारी, केन्द्रीय सदस्यहरूको मनोनयन, पोलिटब्युरो र स्थायी समिति गठन, पदाधिकारी चयन लगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता प्रतिनिधिसभाबाट व्याख्यात्मक टिप्पणीसहित पारित भएपछि माओवादी केन्द्रभित्र विवाद छ । बैठकमा नेताहरुले यस विषयमा पनि धारणा राखिरहेका छन् ।

सम्बन्धित् समाचार