गृहपृष्ठ Featured महिलामाथि हुने विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण गरौं : पन्थी

महिलामाथि हुने विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण गरौं : पन्थी

प्रकाशित मिति:

सागर वि.क.(वैखरी अनलाईन) : बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्ने बताएका छन् । आज ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना दिदैं सामाजिक संजाल फेसबुकमार्फत प्रमुख प्रशासकिय अधिकृत पन्थीले यस्तो बताएका हुन् ।

फेसबुकमा उनले लेखेका छन्, ‘११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिलामाथि हुने सबै किसिमका विभेदलाई जरै देखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गरौ, परम्पराकै नाममा अद्यापि कायम रहेका कतिपय अन्धविश्वास र कुप्रथालाई अन्त्य गर्न तथा महिला सशक्तीकरण, सहभागिता र समानताका विषयमा महिला र पुरुष दुवैको समान र सक्रिय भूमिका रहोस् हार्दिक शुभकामना छ ।’

मार्च ८ अर्थात् आज विश्वभर ‘अन्तर्राष्ट्रिय महिला दिवस’ मनाइँदैछ । सन् १९११ देखि यो दिवस मनाउन थालिएको हो । यस वर्ष ’सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम हुँदैछन् ।

विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै लैङ्गिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ।

सम्बन्धित् समाचार