गृहपृष्ठ Featured प्रथम बाणगंगा सडक खाना महोत्सवमा सबिन राई आउदै

प्रथम बाणगंगा सडक खाना महोत्सवमा सबिन राई आउदै

वैखरी अनलाइन
प्रथम बाणगंगा सडक खाना महोत्सवमा चर्चीत आधुनिक तथा पक गायक सविन राई आउने भएका छन । बाणगंगा नगरपालिकाको चार नम्बर जितपुरमा यहीँ फागुन २७ गते हुन लागेको प्रथम बाणगंगा सडक खाना महोत्सवमा सविन राई आउन लागेका हुन ।

बाणगंगा नगरपालिका वडा नः ४ द्धारा आयोजित सडक खाना महोत्सवमा २ घण्टा बढि समयसम्म आफनो प्रस्तुती दिने गरी सविन राई आउन लागेको सास्कृतिक संयोजक सुजन क्षेत्रीले बताए । गुरासको भेद मुनि सम्झनाको छाया, तिमिनै हौ सहित २ दर्जन बढि चर्चीत गित गाएका राईले सबैलाई महोत्सवमा आइसगै रमाइलो गर्न आग्रह गरेका छन ।

साथै उनले स्थानिय कलाकारको पनि बजोड प्रस्तुती रहने बताए ।

सडक खाना महोत्सवलाई उदारणीय बनाउन तयारीलाई तिव्रता दिइएको महोत्सवका निर्देशक शुसिल सिहं ठकुरीले बताए । ठकुरी धेरै लामो समयपछि चार नम्बर चोकमा बृहत सास्कृतिक कार्यक्रम हुन लागेकोले करिव १५ हजार बढिले महोत्सव अवलोकन गर्ने बताए ।

महोत्सवमा विविध सांस्कृतिक कार्यक्रमका साथै मगर, थारु, नेवारलगायत विभिन्न जातजातिका स्थानीय तथा मौलिक खानाका परिकार राखिने महोत्सवका निर्देशक सुशील सिंह ठकुरीले बताए । महोत्सव फागुन २७ गते शुक्रबार राखिएकोले स्थानीय तथा छिमेकी जिल्लाका परिवारसहित आएर अवलोकन र मनोरन्जन लिन सकिने निर्देशक ठकुरीले बताए ।

स्थानीय युवाहरुको सक्रियतामा उक्त महोत्सव संचालन गर्न लागिएको हो । जिल्लाको पहिचान, आर्थिक समाजिक एवं सांस्कृतिक विकासमा टेवा पुर्याउन सडक खाना महोत्सव राखिएको प्रथम वाणगंगा सडक खाना महोत्सव २०७८ मुल समारोह समितिका संयोजक बुद्धिबहादुर रोकाहा(दिनेश)ले जानकारी दिएका छन् ।

सम्बन्धित् समाचार