कपिलवस्तु : कपिलवस्तुको वाणगंगा नगरपालिका–२ पिपराचोकमा सोमबार राति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु भएको छ । मोटरसाइकल चालक बुद्धभूमि नगरपालिका–८ डुमराका ४० वर्षीय गणेश आचार्यको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बुटवलस्थित एडभान्स सिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार राति करिब साढे १० बजे चेकपोष्ट नजिकै रोकेर ईन्ट्री गर्दै गरेको सुदूर पश्चिम प्रदेश ०१–००१ ख २९५६ नम्बरको ट्रकमा लु ७८ प ९६६१ नम्बरको मोटरसाइकल ठोकिएको थियो ।
ट्रक सहित चालकलाई ईलाका प्रहरी कार्यालय पिपराले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।