वैखरी अनलाईन : युनाइटेड स्टुडेन्ट एकेडेमी चप्परगाँउले शिक्षिकाहरुलाई सम्मान गरेको छ । मंगलबार स्कुलले ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शिक्षिकाहरुलाई सम्मान गरेको हो ।
स्कुलका प्रधानाध्यापक कृष्ण के.सी. लेखा प्रमुख प्रेम पाण्डे र विद्यालयका शिक्षकहरुले आफ्नो बिद्यालयका १८ जना महिला शिक्षिका र कर्मचारीहरुलाई माला खादा र चिया पानसहित सम्मान कार्यक्रम सम्पन्न गरिएको विद्यालयका लेखा प्रमुख प्रेम पाण्डेले जानकारी दिनुभयो ।







