गृहपृष्ठ Featured मोरङको रंगेलीका मेयर र उपमेयर एमालेमा प्रवेश

मोरङको रंगेलीका मेयर र उपमेयर एमालेमा प्रवेश

प्रकाशित मिति:

विराटनगर : मोरङको रंगेली नगरपालिकाका मेयर एवं उद्योगी दीलिपकुमार बगडिया (अग्रवाल) र उपमेयर केशवकुमारी खराल नेकपा एमालेमा प्रवेश गरेका छन्।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा दुवै जना नेकपा (माओवादी केन्द्र)बाट विजयी बनेका थिए। रंगेलीमा बुधबार आयोजित जनसभाका क्रममा मेयर बगडिया र उपमेयर खरालसहितलाई एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरुले पार्टी प्रवेश गराएका हुन्।

बगडिया लगायतका जनप्रतिनिधिलाई पार्टी प्रवेश गराउनकै लागि एमालेले रंगेलीमा वृहत जनसभाको आयोजना गरेको हो। विभिन्न दल परित्याग गरेका ४ हजार ७ सय १० जनालाई पार्टीमा प्रवेश गराइएको एमालेले जनाएको छ।

सम्बन्धित् समाचार