गृहपृष्ठ Featured एमसीसीले देशको अर्थतन्त्रमा टेवा पुर्याउँछ : नेता सिंह

एमसीसीले देशको अर्थतन्त्रमा टेवा पुर्याउँछ : नेता सिंह

प्रकाशित मिति:

काठमाडौँ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी०ले नेपालको अर्थतन्त्रमा टेवा पुर्याउने बताएका छन्।

काठमाडौँ निर्वाचन क्षेत्र नं १ अन्तर्गत शङ्खमूलमा आयोजना गरेको बुथ कार्यसमिति गठन समारोहमा बोल्दै उनले एमसीसी नेपालको हितमा रहेकाले कांग्रेसले प्रतिपक्षमा रहेको बेलामा पनि एमसिसीको वकालत गरेको बताएका हुन्।

“एमसीसी मुलुकको अर्थतन्त्रलाई टेवा पुर्याउने काममा लगानी हुन थालेकाले नेपालको हितमा छ भनेर कांग्रेसले सरकार र प्रतिपक्षमा हुँदा आवाज उठाउँदै आएको हो”, उनले भने। उनले विपक्षी दलले सरकारमा हुँदा एउटा र सरकारबाट बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने बताए।

नेता सिंहले केही दलले एमसीसीका बारेमा राष्ट्रघाती भनेर गलत प्रचार गर्दै हिँडेकोमा आपत्ति जनाए। “के एमसीसी राष्ट्रघाती भएको भए संसद्बाट पारित हुन्थ्यो त ?”, उनले प्रश्न गर्नुभयो । एमसीसीका बारेमा जनतालाई घरघरमा गएर बुझाउने जिम्मा कांग्रेसको काँधमा आएको उनको भनाइ छ।

सम्बन्धित् समाचार