गृहपृष्ठ Featured १० औँ कपिलवस्तु डान्स आइडलको अडिसन फागुन २८ गते हुने

१० औँ कपिलवस्तु डान्स आइडलको अडिसन फागुन २८ गते हुने

वैखरी अनलाइन : १० औँ कपिलवस्तु डान्स आइडलको पहिलो अडिसन यहीँ फागुन २८ गते शनिबार हुने भएको छ ।

चैत्र ३ गतेदेखि १३ गतेसम्म हुने कपिलवस्तु महोत्सवको बिशेष प्रस्तुतीको रुपमा रहेको कपिलवस्तु डान्स आइडलको अडिशन २८ गते बिहान ११ बजेबाट सघंकै सभाहलमा हुने डान्स आइडल संयोजक बिरेन्द्र खाणले जानकारी दिएका छन ।

इच्छुकले आयोजक कपिलवस्तु उद्योग बाणिज्य सघंको कार्यालयमा सम्र्पक गर्न समेत संयोजक खाणले आग्रह गरेका छन ।

आइडलमा प्रथम हुनेले नगद रु १ लाख ११ हजार एक ११ मेडल र प्रमाण पत्र, द्धित्तिय हुनेले नगद रु ७७ हजार ७ सय ७७ मेडल र प्रमाण पत्र, तृत्तिय हुनेले नगद रु ५५ हजार ५ सय ५५ मेडल र प्रमाण पत्र पाउने खाणले जानकारी दिए । त्यस्तै सान्तवना हुने २ जनाले २५ हजार नगर मेडल र प्रमाण् पत्र पाउने छ ।

सम्बन्धित् समाचार