गृहपृष्ठ Featured पाल्पामा लागु औषधसहित चार जना पक्राउ

पाल्पामा लागु औषधसहित चार जना पक्राउ

प्रकाशित मिति:

बुटवल : पाल्पामा दुई दिनमा लागु औषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बागलुङको बागलुङ नगरपालिका-८ का २३ वर्षीय संजय नेपाली, कोठेखोला गाउँपालिका-५ का २० वर्षीय मोहन श्रीष, ताराखोला गाउँपालिका-१ का २१ वर्षीय नितेश घर्तीमगर र २१ वर्षीय सौरभ पुन रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैँयाले जानकारी दिए।

बुधबार बिहान रिब्दीकोट गाउँपालिका-२ दमकबाट गस्तिमा गएको प्रहरी टोलीले नेपालीलाई लागु औषधसहित पक्राउ गरेको हो। प्रहरी चौकी हार्थोकबाट गस्तिमा गएको टोलीले नेपालीको साथबाट डाईजेपाम २७ एम्पुल, प्रेथोजिन २६ एम्पुल र नुफिन २७ एम्पुल गरी ८० एम्पुल फेला पारेको प्रहरीले जनाएको छ। तानसेनबाट दमकतर्फ जाँदै गरेका नेपालीलाई शंका लागेपछि प्रहरीले चेकजाँच गरेको हो।

त्यस्तै प्रहरीले मंगलबार पाल्पाबाट बुटबलतर्फ जाँदै गरेको ध २ प ३६९४ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइकलको पछाडि सवार श्रीषसँग लागु औषध भेटिएको थियो। प्रहरीले श्रीषको साथबाट नुफ्रिन तीन, एम्पुलडाइजेपाम दुई, पे्रथोजिम तीन एम्पुल, प्रयोग गरेको याइजेपाम एक थान, सिरिन्ज दुई थान फेला पारेको थियो।

साथै, तानसेनबाट सर्देवा जाने क्रममा रिब्दीकोट गाउँपालिकाको दुम्रीकास्थित ध १ प १०४९ नम्बरको मोटरसाइकल जाँच गर्दा पुनसँग डाइजेपाम २२, नुफ्रिन २०, पे्रथोजिम २२ गरी ६४ एम्पुल फेला पारेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पुनलाई हार्थोक प्रहरी चौकीको टोलीले जाँच गर्दा लागु औषध सहित पक्राउ गरेको हो। श्रीष र घर्तीलाई पाल्पाबाट बुटबलतर्फ आगुऔषध लैजाने क्रममा प्रभास प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित् समाचार