गृहपृष्ठ Featured रसुवागढीमा चिनियाँ कन्टेनर थप्‍ने सहमति

रसुवागढीमा चिनियाँ कन्टेनर थप्‍ने सहमति

प्रकाशित मिति:

काठमाडौं : रसुवागढी नाकाबाट नेपाल आयात हुने चिनियाँ सामग्रीको परिमाण चैत्र १ देखि बढ्ने भएको छ। रसुवा र केरुङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच भएको ‘भर्चुअल’ वार्तामा नेपाल भित्रने चिनियाँ सामग्रीको आयात परिमाण बढाउने सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। चैत्र १ गतेबाट दैनिक १४ वटा कन्टेनर रसुवागढी ल्याउने सहमति भएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले थाहा खबरलाई जानकारी दिए।

उनका अनुसार नेपालले २५ वटा कन्टेनरमा सामग्री पठाउनका लागि माग गरेको थियो। थप कन्टेनर राख्ने संरचना बढेपछि चिनियाँ पक्षले थप कन्टेनर पठाउने सहमति भएको प्रजिअ जैसीले बताए।

सम्बन्धित् समाचार