गृहपृष्ठ Featured १२औं कपिलवस्तु महोत्सव : प्रकाश सपुतदेखि रचना रिमालसम्मको बेजोड प्रस्तुति

१२औं कपिलवस्तु महोत्सव : प्रकाश सपुतदेखि रचना रिमालसम्मको बेजोड प्रस्तुति

प्रकाशित मिति:

वैखरी अनलाईन : कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा हुने १२औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीमा स्थानीयदेखि राष्ट्रिय कलाकारसम्मको बेजोड प्रस्तुति रहने भएको छ । ‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ महोत्सव आगामी चैत्र ३ गतेदेखि चैत्र १३ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा सञ्चालन हुन लागेको हो । महोत्सवमा चर्चित भारतीय तथा नेपाली नायिका मनिषा कोइराला आउने भएकी छन् । मनिषा कोइरालाको आगमनले महोत्सव सफल पार्न ठुलो सहयोग पुग्ने कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले बताए । उनी महोत्सवमा आई सम्बोधन गर्ने कार्यक्रम तय भएको घिमिरेको भनाई छ ।

यस्तै महोत्सवमा प्रकाश सपुत, शिव परियार, प्रमोद खरेल, पशुपति शर्मा, खुमन अधिकारी, बद्री पंगेनी, प्रिति आले, सम्झना भण्डारी, रमेशराज भट्टराई, छेवाङ लामा, पुष्पन प्रधान, रचना रिमाल लगायत अन्य २ दर्जन बढी कलाकारको बेजोड प्रस्तुति रहने कपिलवस्तु उद्योग बाणिज्य सघंका महासचिव मनोज पौडेलले बताए । उनले महोत्सवमा स्थानीय स्तरका सम्भव भएसम्म हरेक कलाकारलाई विशेष स्थान दिने तयारी रहेको बताए ।

आयोजकले उद्घाटन मिति नजिकिएसंगै तयारीलाई तीब्र पारेको छ । महोत्सव स्थलमा २ सय ५० स्टल रहने र स्टल निर्माणको काम समेत अन्तिम चरणमा रहेको छ । महोत्सवमा करिब २ लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गर्दै आएको छ भने ५ करोड बराबरको कारोबार गर्ने लक्ष्य लिएको छ ।

सम्बन्धित् समाचार