गृहपृष्ठ Featured १२औं कपिलवस्तु महोत्सव कपिलवस्तुकै शानका रुपमा रहन्छ : अध्यक्ष घिमिरे

१२औं कपिलवस्तु महोत्सव कपिलवस्तुकै शानका रुपमा रहन्छ : अध्यक्ष घिमिरे

प्रकाशित मिति:

सागर वि.क. (वैखरी अनलाईन) : कपिलवस्तु उद्योग बाणिज्य संघ अध्यक्ष डोलकराम घिमिरेले १२औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनी कपिलवस्तुकै शानका रुपमा रहने बताउनुभएको छ । संघको आयोजनामा ‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ महोत्सव आगामी चैत्र ३ गतेदेखि चैत्र १३ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा सञ्चालन हुन लागेको हो । अध्यक्ष घिमिरेले कोरोना संक्रमणले थलिएको अर्थतन्त्रलाई माथि उठाउन तथा अहिलेको कमजोर आर्थिक अवस्थालाई माथि उठाउन समेत महोत्सव महत्वपूर्ण सावित हुने बताउनुभएको छ ।

यस क्षेत्रको समग्र पहिचान झल्किने गरि महोत्सव स्थलमा पुरातात्विक सम्पदा, धार्मिक, पर्यटकीय स्थलको प्रवर्द्धन गर्ने गरि स्टलहरुको काम भईरहेको उहाँले बताए । जसले महोत्सव कपिलवस्तुको मान, प्रतिष्ठान एवम् शानको रुपमा रहने उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘समग्र कपिलवस्तुको शानको रुपमा १२ औं कपिलवस्तु रहन्छ । सोही अनुुसार काम भईरहेको छ ।’

यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सव संचालन गर्न लगिएको उहाँले बताउनुभयो । महोत्सवको करिब ८० प्रतिशत तयारी पूरा भइसकेको र महोत्सवलाई आकर्षक बनाउन सुन्दरीकरणको काम धमाधाम अघि बढिरहेको अध्उयक्ष घिमिरेले बताउनुभयो । महोत्सव स्थलमा स्टेज विगतका महोत्सवमा भन्दा ठूलो बनाईने गरि काम भईरहेको कपिलवस्तु उद्योग बाणिज्य संघ वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छवि रेस्मी मगरले बताउनुभयो । निर्देशक मगरले महोत्सवमा प्रवेश गर्ने मूलगेट बुर्ज खलिफाको शैलीमा निर्माण भईरहेको र गेटको काम अन्तिम चरणमा रहेको बताउनुभयो ।

आयोजकले उद्घाटन मिति नजिकिएसंगै तयारीलाई तीब्र पारेको छ । महोत्सव स्थलमा २ सय ५० स्टल रहने र स्टल निर्माणको काम समेत अन्तिम चरणमा रहेको छ । महोत्सवमा करिब २ लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गर्दै आएको छ भने ५ करोड बराबरको कारोबार गर्ने लक्ष्य लिएको छ ।

सम्बन्धित् समाचार