गृहपृष्ठ Featured १२औं कपिलवस्तु महोत्सव : निशुल्क स्वास्थ्य शिविर हुने, यस्ता छन् कार्यक्रम

१२औं कपिलवस्तु महोत्सव : निशुल्क स्वास्थ्य शिविर हुने, यस्ता छन् कार्यक्रम

प्रकाशित मिति:

वैखरी अनलाईन  : कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको १२औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीमा स्वास्थ्य सेवा उपलब्ध गराईने भएको छ । संघको आयोजनामा ‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ महोत्सव आगामी चैत्र ३ गतेदेखि चैत्र १३ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा सञ्चालन हुन लागेको हो ।

महोत्सव स्थलमा हुन सक्ने सम्भावित घटनाहरुलाई मध्येनजर गरि स्वास्थ्य सेवाहरु उपलब्ध गराईने महोत्सवका स्वास्थ्य संयोजक राजेश कुमार पन्तले बताउनुभयो । संयोजक पन्तका अनुसार महोत्सव अवलोकन गर्ने क्रममा गर्मीको यो अवस्थामा बेहोस् भए, चोटपटक लागे, ज्वरो आउने जस्ता स्वास्थ्य सम्बन्धि कुनै पनि समस्या देखा परे महोत्सव स्थलमै प्राथमिक उपचारको व्यवस्था गरिने छ ।

आयोजकले विभिन्न स्वास्थ्य संस्थाहरुसंग समन्वय गरि स्वास्थ्य सेवा उपलब्ध गराउने योजनाका साथ अघि बढेको उहाँले बताउनुभयो । महोत्सव संचालन हुने अवधिभर एम्बुलेन्स पहिले नै तयारी अवस्था रहने उहाँले बताउनुभयो । उहाँका अनुसार महोत्सव अवधिभर आँखा जाँच तथा आँखाको निशुल्क उपचार, महुमेह(सुगर) जाँचको निशुल्क सुविधा, निशुल्क डेन्टल उपचारको व्यवस्था रहने छ भने चैत्र ५ गते रक्तदानको कार्यक्रम गरिने छ ।

यस्तै स्वास्थ्य सम्बन्धि विभिन्न परापर्श समेत प्रदान गरिने उहाँको भनाई छ ।

 

सम्बन्धित् समाचार