गृहपृष्ठ Featured इन्जिनियर्स एशोसिएसन लुम्बिनीमा लोकतान्त्रिक प्यानल विजयी

इन्जिनियर्स एशोसिएसन लुम्बिनीमा लोकतान्त्रिक प्यानल विजयी

प्रकाशित मिति:

बुटवल : नेपाल इन्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेशमा नेपाली काँग्रेसको लोकतान्त्रिक प्यानल विजयी भएको छ । प्रदेशबाट प्रतिनिधित्व गर्ने एक जना केन्द्रीय सदस्य र दुईजना प्रदेश सदस्य बाहेक अन्य सबै पदमा लोकतान्त्रिक प्यानल विजयी भएको हो ।

एशोसिएशनको प्रदेश सभापतिमा शैलेन्द्रप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले ४९९ मत प्राप्त गरेर विजयी भएको निर्वाचन अधिकृत गौतम रौनियारले जानकारी दिए । उनका अनुसार एमाले निकट जीवन अर्यालले ४१६ मत प्राप्त गरेका थिए ।

केन्द्रीय सदस्यमा विश्वरन्जन मिश्र निर्वाचित भएका छन् । उपसभापतिमा लेखबहादुर बस्नेत विजयी भएका छन् । सचिवमा गोविन्द पंगेनी, सहसचिवमा अर्जुन गिरी र कोषाध्यक्षमा सन्दीप रेग्मी विजयी भएका छन् । सदस्यहरूमा दर्शन तिवारी, ईश्वर जिसी, प्रवीन मिश्र, अर्जुन पाण्डे, सोयब अहमद अन्सारी, विनयकुमार गुप्ता, आरती देवकोटा, विद्या भुसाल विजयी भएका निर्वाचन अधिकृत रौनियारले बताए ।

काँग्रेस, एमाले र माओवादी तथा नेकपा एकीकृत समाजवादी निकट इन्जिनियरहरूले तीन प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए ।

सम्बन्धित् समाचार