गृहपृष्ठ Featured विश्वकप लिग-२ : पपुवा न्युगिनीलाई हराउँदै युएई दोस्रो स्थानमा

विश्वकप लिग-२ : पपुवा न्युगिनीलाई हराउँदै युएई दोस्रो स्थानमा

प्रकाशित मिति:

काठमाडौं : आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल, युएई र पपुवा न्युगिनीबीचको त्रिकोणात्मक सिरिज आजबाट युएईमा सुरु भएको छ। सिरिजको पहिलो खेलमा घरेलु टिम युएईले पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गर्‍यो।

टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ८ विकेटको क्षतिमा १७६ रन जोड्यो। उसका लागि कप्तान असद भालाले सर्वाधिक ४६ रन जोडे। बलिङमा युएईका बासिल हमीदले ४ विकेट लिए।

१७७ रनको लक्ष्य युएईले ४४।३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो। युएईका लागि आसिफ खानले सर्वाधिक नटआउट ८१ रन जोडे। उनले १०२ बलमा ८ चौका र १ छक्का हिर्काए।

जितसँगै युएई अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। उसले १५ खेलबाट १८ अंक जोडेको छ। अंक तालिकामा शीर्ष स्थानको ओमानको २८ खेलबाट ३६ अंक छ। तेस्रो स्थान झरेको स्कटल्यान्डको १२ खेलबाट १६ अंक छ।

चौथो स्थानको नामिबियाको १४ खेलबाट १४ अंक र पाँचौ स्थानको अमेरिकाको १६ खेलबाट १४ अंक छ। छैटौं स्थानको नेपालले ८ खेलबाट ८ अंक जोड्दा पुछारको पपुवा न्युगिनीले १३ खेल खेल्दा अंक जोड्न सकेको छैन।

नेपालले सिरिजमा भोलि पपुवा न्युगिनीसँग शारजाहमा प्रतिस्पर्धा गर्दैछ।

सम्बन्धित् समाचार