गृहपृष्ठ Featured १२औं कपिलवस्तु महोत्सव : कुनै पनि असुरक्षाको महसुस हुन नदिने निर्देशक रेस्मीको दाबी

१२औं कपिलवस्तु महोत्सव : कुनै पनि असुरक्षाको महसुस हुन नदिने निर्देशक रेस्मीको दाबी

प्रकाशित मिति:

वैखरी अनलाईन : १२औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले अवलोकन गर्नुभएको छ । महोत्सवको उद्घाटन मिति नजिकिएसंगै प्रमुख जिल्ला अधिकारी पाण्डेले अवलोकन गर्नुभएको हो । कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा ‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ महोत्सव आगामी चैत्र ३ गतेदेखि चैत्र १३ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा सञ्चालन हुदैंछ ।

महोत्सवको उद्घाटन गृहमन्त्री बालकृष्ण खाँणले गर्ने कार्यक्रम तय भएको भन्दै प्रजिअ पाण्डेले त्यसको लागी सुरक्षा व्यवस्थाको बारेमा चासो व्यक्त गर्नुभएको छ । उहाँले गृहमन्त्री खाँण आउने कार्यक्रमको तालिकासहित जानेसम्मको तालिका उपलब्ध गराउन आयोजकलाई आग्रह गर्नुभएको छ । जसको लागी प्रजिअ पाण्डेले बाणगंगा १ बुङ्ची सिद्धार्थ क्याम्पसमा रहेको खेल मैदानमा हेलिप्याड निर्माणको स्थलगत अवलोकन समेत गर्नुभएको छ ।

उहाँले विभिन्न सुरक्षा निकायसंग समन्वय गरि सबै व्यवस्था मिलाउन आयोजकलाई निर्देशन समेत दिनुभएको छ । यता कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छवि रेस्मी मगरले बुधबारसम्म नै गृहमन्त्री खाँण आउने कार्यक्रमको तालिकासहित जानेसम्मका तालिका उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भएको छ । उहाँले कुनै पनि असुरक्षाको महसुस हुन नदिने समेत दाबी गर्नुभयो ।

 

सम्बन्धित् समाचार