गृहपृष्ठ Featured १२ औं कपिलवस्तु महोत्सवको दोस्रो दिन ५ हजार बढीले गरे अवलोकन

१२ औं कपिलवस्तु महोत्सवको दोस्रो दिन ५ हजार बढीले गरे अवलोकन

वैखरी अनलाईन : १२ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीको दोस्रो दिन ५ हजार बढी दर्शकले अवलोकन गरेका छन् । महोत्सवको दोस्रो दिन शुक्रबार आज करिब ५ हजार बढी दर्शकले अवलोकन गरेका कपिलवस्तु उद्योग बाणिज्य संघ वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छवि रेस्मी मगरले बताएका छन् ।

महोत्सवको आकर्षकको रुपमा रहेको प्रवेश गर्ने मूलगेट बुर्ज खलिफाले दर्शकको ध्यान तान्न सफल भएको उहाँले दाबी गर्नुभयो । यस क्षेत्रको समग्र पहिचान झल्किने गरि महोत्सव स्थलमा पुरातात्विक सम्पदा, धार्मिक, पर्यटकीय स्थलको प्रवर्द्धन गर्ने गरि महोत्सव सजाईएको उहाँले बताउनुभयो ।

यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सव महत्वपूर्ण सावित भईरहेको उनको भनाइ छ । महोत्सवमा करिब २ लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गर्दै आएको छ भने ५ करोड बराबरको कारोबार गर्ने लक्ष्य लिएको छ ।

सम्बन्धित् समाचार