गृहपृष्ठ Featured ६०० रुपैयाँले घट्यो सुनको मूल्य

६०० रुपैयाँले घट्यो सुनको मूल्य

प्रकाशित मिति:

काठमाडौं : साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलमा ६ सय रुपैयाँले घटेको हो । आइतबार छापावाल सुनको प्रति तोला मूल्य ९९ हजार २०० रुपैयाँ रहेको छ ।

शुक्रबार छापावाल सुन तोलामा ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजावी सुनको मूल्य भने तोलामा ९८ हजार ७०० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । आइतबार चाँदीको प्रतितोला मूल्य १ हजार ३७५ रुपैयाँ रहेको छ । शुक्रबार चाँदीको मूल्य १ हजार ३८५ रुपैयाँ थियो ।

 

सम्बन्धित् समाचार