काठमाडौं : देशभर थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप ३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए।
४ हजार ६१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। २ हजार ७९८ जनाको पिसिआर र १ हजार २६३ जनाको एन्टिजेन परीक्षण गरीएको अधिकारीले बताए।
योसँगै देशभर ३ हजार २४१ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा ३८२ संक्रमित निको समेत भएका छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।