गृहपृष्ठ Featured चीनमा १३३ यात्रु बोकेको विमान दुर्घटना, मृतकको संख्या अज्ञात

चीनमा १३३ यात्रु बोकेको विमान दुर्घटना, मृतकको संख्या अज्ञात

एक सय ३३ जना यात्रु बोकेको चीनको यात्रुबाहक विमान दक्षिणपश्चिम चीनमा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा मृत्यु हुनेको संख्या भने अहिलेसम्म अज्ञात रहेको राज्य प्रसारक सिसिटिभीले सोमबार उल्लेख गरेको छ।

बोइङ– ७३७ विमान गुआङ्सी क्षेत्रको वुझाउ सहरनजिकैको ग्रामीण इलाकामा दुर्घटनाग्रस्त भएको छ। अहिले उद्धार टोलीहरू घटनास्थलमा पुगेका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ। रासस/एएफपी

सम्बन्धित् समाचार