गृहपृष्ठ Featured उम्मेदवार हुन राजीनामा दिनुपर्ने आचारसंहिता तत्काल लागू नगर्न सर्वोच्चको आदेश

उम्मेदवार हुन राजीनामा दिनुपर्ने आचारसंहिता तत्काल लागू नगर्न सर्वोच्चको आदेश

काठमाडौं : स्थानीय तहको निर्वाचनमा दोहो¥याएर उम्मेदवार हुन राजीनामा दिनुपर्ने भन्दै निर्वाचन आयोगले लागू गरेको आचारसंहिता तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । मंगलबार न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो । इजलासले चैत १३ गते दुवै पक्षको छलफल पनि डाकेको छ ।

उक्त छलफलपछि यो आदेशलाई निरन्तरता दिने वा नदिनेबारे अर्को आदेश हुनेछ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आचारसंहिताको ‘फेरि उम्मेदवार बन्न स्थानीय तहका बहालवाला जनप्रतिनिधिले अगावै राजीनामा दिनुपर्ने’ प्रावधान बदर गर्न माग गर्दै आइतबार रिट दिएका हुन् ।

आइतबार हेलम्बु गाउँपालिका प्रमुख शेर्पाले आयोगको आचारसंहिता संविधान र कानुनविपरीत भएको भन्दै आफूले रिट दिएका थिए। सोमबार उक्त रिट दर्ता भएको थियो ।

सम्बन्धित् समाचार