गृहपृष्ठ Featured १२ औं कपिलवस्तु महोत्सव : आज १० हजारले गरे अवलोकन, २० लाखको कारोबार

१२ औं कपिलवस्तु महोत्सव : आज १० हजारले गरे अवलोकन, २० लाखको कारोबार

प्रकाशित मिति:
वैखरी अनलाईन : १२ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीको छैठौं दिन १० हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सवमा मंगलबार आज १० हजार दर्शकले अवलोकन गरेका कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलले जानकारी दिनुभयो । महासचिव पौडेलका अनुसार आज करिब २० लाख बराबरको आर्थिक कारोबार भएको छ ।
महोत्सवमा आज चर्चित आधुनिक गायक शिव परियार, लोक तथा दोहोरी गायक दिपक गरौंजा मगरसहित स्थानीय कलाकारले बेजोड प्रस्तुति राखेको उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छवि रेस्मी मगरले बताउनुभयो । निर्देशक रेस्मीका अनुसार बुधबार चर्चित लोक तथा दोहोरी गायक पुस्कल शर्मा, लोक तथा दोहोरी गायिका अस्मिता डल्लाकोटी, थारु गायक राज कुस्मीसहित स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने छ । यस्तै आज १० औं कपिलवस्तु डान्स आईडलतर्फ १० जना प्रतियोगीहरुले नृत्य प्रस्तुत गरेका छन् । जसमध्ये एक जना प्रतियोगी बाहिरिएकी डान्स आइडल संयोजक बिरेन्द्र खाँणले जानकारी दिनुभयो । संयोजक खाँणका अनुसार बर्षा चौधरी प्रतियोगिताबाट बाहिरिएकी हुन् ।
प्रतियोगिताबाट बाहिहिनेलाई आयोजकले सम्मान स्वरुप प्रसंशा पत्र प्रदान गर्दै आएको छ । प्रतियोगी भोटिङ र जजहरुको मूल्याङ्कनका आधारमा प्रतियोगिताबाट बाहिरिने छन् । ‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ महोत्सव चैत्र ३ गतेदेखि सुरु भएको हो । महोत्सव चैत्र १३ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा चल्ने छ ।
महोत्सवमा करिब २ लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गर्दै आएको छ भने ५ करोड बराबरको कारोबार गर्ने लक्ष्य लिएको छ ।

सम्बन्धित् समाचार