गृहपृष्ठ Featured १२ औं कपिलवस्तु महोत्सव : आज पुस्कल शर्मा आउँदै, अरु को-को ?

१२ औं कपिलवस्तु महोत्सव : आज पुस्कल शर्मा आउँदै, अरु को-को ?

वैखरी अनलाईन : १२ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीको सातौं दिन चर्चित लोक तथा दोहोरी गायक पुस्कल शर्माको आगमन हुने भएको छ । आज शर्मासहित लोक तथा दोहोरी गायिका अस्मिता डल्लाकोटी, थारु गायक राज कुस्मीसहित स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छवि रेस्मी मगरले जानकारी दिनुभयो ।

महोत्सवमा हिजो चर्चित आधुनिक गायक शिव परियार, लोक तथा दोहोरी गायक दिपक गरौंजा मगरसहित स्थानीय कलाकारले बेजोड प्रस्तुति राखेका थिए । यस्तै आज १० औं कपिलवस्तु डान्स आईडलतर्फ ९ जना प्रतियोगीहरुले नृत्य प्रस्तुत गर्ने डान्स आइडल संयोजक बिरेन्द्र खाँणले जानकारी दिनुभयो ।

‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ महोत्सव चैत्र ३ गतेदेखि सुरु भएको हो । महोत्सव चैत्र १३ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा चल्ने छ । महोत्सवमा करिब २ लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गर्दै आएको छ भने ५ करोड बराबरको कारोबार गर्ने लक्ष्य लिएको छ ।

सम्बन्धित् समाचार