काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक आन्दोलनको मुख्य शक्ति र मूलधार एमाले भएको दाबी गरेका छन् ।
बुधबार केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष ओलीले लोकतान्त्रिक आन्दोलनका भ्रमपूर्ण विचारहरु प्रवह भएको, जनविरोधी प्रचार भएको भन्दै सत्ता पक्षले गलत इतिहास रचना गर्न खोजिएको आपत्ति प्रकट समेत गरे ।
“संगठनात्मक इतिहास, एकता र एकीकरणको इतिहास, आन्दोलनको इतिहास र त्यसको विरासतको इतिहास, त्यसको उत्तराधिकारको इतिहास अनेक हिसाबले नेकपा ९एमाले० नै हो । देशको सबैभन्दा पुराने र सबैभन्दा मूलधार बोकेको पार्टी हो भन्न अप्ठ्यारो मान्नुपर्ने स्थिति छैन,” उनले भने ।
उनले अहिले कम्युनिस्ट पार्टीहरुमध्ये एमाले ठुलो भनिने गरेको प्रति असन्तुष्टि जनाए । “भुलवश, भ्रमवश अहिले पनि मान्छेहरु भनिरहेका छन् । वास्तविकता त्यस्तो होइन । नेकपा ९एमाले० देशको सबैभन्दा ठुलो र प्रमुख राजनीतिक पार्टी हो,” उनले भने,“आज वर्तमानको जनविश्वासको हिसाबले, जननिर्वाचित संस्थाहरुमा प्रतिनिधित्वको हिसाबले, राष्ट्रलाई अगाडि बढाउने नीतिका प्रश्नमा, अरु व्यवहारिक प्रश्नमा, हामी प्रमुख पार्टी हौँ ।”
साथै उनले आगामी निर्वाचनमा पनि स्थानीय तहको निर्वाचनमा उत्साहका साथ जनतामा गएर पार्टीको इतिहासलाई थप मजबुत पार्ने बताए ।
अध्यक्ष ओलीले एमालेसँगै सबैभन्दा पुरानो पार्टी प्रजापरिषद् समेत रहेको अवस्थामा मूलधारको पार्टी एमाले भन्न अप्ठारो नमान्न आग्रह गरे ।
ओलीले निर्वाचन केन्द्रित मोबाइल एप बनाएर निर्वाचनको प्रचार प्रसार प्रभावकारी बनाउने पार्टीको तयारी रहेको भन्दै गत महाधिवेशनमा ८ लाख ५५ हजार संगठित सदस्य रहेको एमालेमा अहिले ११ लाख पुगेको बताए ।