गृहपृष्ठ Featured कपिलवस्तु अस्पताल लुम्बिनी प्रदेशकै उत्कृष्ट अस्पताल घोषणा

कपिलवस्तु अस्पताल लुम्बिनी प्रदेशकै उत्कृष्ट अस्पताल घोषणा

प्रकाशित मिति:

किरणमान बज्राचार्य (कपिलवस्तु) : न्युनतम सेवा मापदण्ड ‘एमएसएम’ मा कपिलवस्तु अस्पताल लुम्बिनी प्रदेश मै उत्कृष्ट बनेको छ। कुल ८७ अंक हासिल गर्दै अस्पताल प्रदेश मै पहिलो भएको हो।

कपिलवस्तु अस्पतालमा लुम्बिनी प्रदेश अस्पतालहरुको न्युनतम सेवा मापदण्ड मूल्यांकन फलोअप तथा समिक्षा कार्यक्रममा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय स्वास्थ्य निर्देशनायका प्रतिनिधि तथा बर्दिया अस्पतालका मेसु सुवास पाण्डेयले सो कुरा सार्वजनिक गरेका हुन्।

चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको ६ महिनाको अवधिमा प्रदेशका अस्पतालमा आएको नजिता अनुसार कपिलवस्तु अस्पताल प्रदेश कै उत्कृष्ट बनेको उनले बताए। उनले कपिलवस्तु अस्पतालले कुल ९ सय ३९ अंक हासिल गरेको बताए।

‘कपिलवस्तु अस्पतालमा पहिले भन्दा धेरै नै सुधार भएका छन्’ उनले भने। अस्पतालमा कन्सलटेन्सी डाक्टरको उपलब्धता, अक्सिजन प्लान्ट, डिजिटल नागरिक वडा पत्र सेवाको सन्तुष्टी लागतयका राम्रो कुराहरु देखिएको उनले बताए।

सोही अवधिका बर्दिया अस्पतालले भने ८६ अंकसहित दोश्रो रहेको उनले बताए। सो अवसरमा प्रजिअ चक्रपाणी पाण्डेयले अस्पताल प्रदेश मै उत्कृष्ठ ठहरिएकोमा बधाई दिँदै अस्पतालमा भएको राम्रा काम र सेवाहरुको प्रचार गर्नु पर्ने बताए।

उनले अस्पतालमा आईसीयू, अक्सिजन प्लान्ट जडान र पिसिआर मेशीन समेत हुनु निकै सकारात्मक कुरो भएको बताए। उनले अस्पतालले बिरामीहरुको विश्वास जित्ने गरी काम अघि बढाउनु पर्ने बताए। सो अवसरमा एचडीका फोकल पर्सन कौलश भण्डारीले ६ महिनाको अवधिमा २५ हजार बढी बिरामीलाई सेवा दिनु आफैमा राम्रो काम भएको बताए।

उनले अस्पतालमा तथ्यांकहरुको राम्रो व्यवस्थापन सहित केही कुरा सुधार गरिए कपिलवस्तु अस्पताल देश कै नमुना बन्ने बताए। सो अवसरमा अस्पताल विकास समितिका अध्यक्ष शिवलाल यादवले अस्पतालमा प्रतिवद्धता भन्दा पनि राम्रो सेवा दिएर जनताका मन जित्नु पर्ने बताए।

सो अवसरमा कपिलवस्तु अस्पतालका मेसु किशोर बन्जाडोले सबैको अथक प्रयासपछि अस्पताल प्रदेश मै पहिलो बन्न सफल भएको भन्दै खुशी व्यक्त गरे। उनले अस्पतालमा रहेका सेवा सुविधा र प्रगति विवरण सार्वजनिक गर्दै बजेट अभावले कर्मचारी व्यवस्थापनमा भने समस्या आएको बताए।

विगत वर्षहरुमा जस्तै सघ र प्रदेश सरकारबाट बजेट उपलब्ध हुन नसकेकोले कर्मचारीहरुलाई तलव खुवाउन समेत गाह्रो परेको बताए। सो अवसरमा राम्रो काम गरेको भन्दै अस्पतालकी अनमी सुकमाया थापालाई नगद रु.१० हजार र प्रशंसा पत्रले सम्मानित गरिएको छ ।

सम्बन्धित् समाचार