गृहपृष्ठ Featured नेपाललाई पीएनजीले दियो २ सय ९३ रनको लक्ष्य

नेपाललाई पीएनजीले दियो २ सय ९३ रनको लक्ष्य

पपुवा न्युगिनी (पीएनजी) सँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपालले दुई सय ९३ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ९२ रन बनायो । पीएनजीका लागि चार्ल्स अमिनीले ७३, असाद भालाले ६० र नोर्मान भानुआले ४७ रन बनाए । बलिङतर्फ कमल ऐरी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए । यस्तै सन्दीप लामिछाने र पवन सर्राफले १–१ विकेट लिए । एकदिवसीयमा यो पीएनजीको अहिलेसम्मकै ठूलो योगफल हो ।

यसअघि पीएनजीले हङकङसँगको एकदिवसीय क्रिकेटमा सन् २०१४ मा दुई सय ६४ रनको सर्वाधिक ठूलो योगफल बनाएको थियो । त्यस्तै पीएनजी नेपालसँगको खेलमा सर्वाधिक रन बनाउने टोली पनि बनेको छ ।

यसअघि सन् २०१९ मा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालसँगको तेस्रो एकदिवसीय खेलमा दुई सय ५४ रन बनाएको थियो जुन नेपालले एकदिवसीयमा पाएको सर्वाधिक ठूलो लक्ष्य थियो । यद्यपि नेपालले पारस खड्काको एक सय १५ रनको सहयोगमा नेपालले त्यो लक्ष्य पूरा गरेको थियो । यो नै नेपालले एकदिवसीयमा पूरा गरेको र बनाएको अहिलेसम्मको सर्वाधिक ठूलो योगफल थियो ।

सम्बन्धित् समाचार