गृहपृष्ठ Featured रुस र युक्रेनले युद्ध सुरु भएयता पहिलो पटक गरे आपसमा युद्ध बन्दीहरू साटासाट

रुस र युक्रेनले युद्ध सुरु भएयता पहिलो पटक गरे आपसमा युद्ध बन्दीहरू साटासाट

काठमाडौं: रुस र युक्रेनले युद्ध सुरु भएयता पहिलो पटक आपसमा युद्ध बन्दीहरू साटासाट गरेका छन् । दुबै मुलुकले गत महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा हमला गर्ने आदेश दिएयता पहिलो पटक युद्धमा बन्दी बनाइएका व्यक्ति साटासाट गरेका हुन् ।

‘राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको आदेशलगत्तै पहिलो पटक पूर्ण रुपमा युद्ध बन्दीहरू साटासाट भएको छ’, युक्रेनकी उप(प्रधानमन्त्री इरिना भेरेश्चुकले फेसबुकमा लेखेकी छन् ।

भेरेश्चुकका अनुसार १० जना रुसी सैनिक दिएर युक्रेनका १० जना सैनिकको उद्दार गरिएको छ । त्यस्तै, रुसको कब्जामा रहेका गैर(सैनिक युक्रेनी पानीजहाजका १९ जना सदस्यको सट्टामा गैर(सैनिक रुसी पानी जहाजका ११ जना सदस्य प्रदान गरिएको पनि उनको भनाइ छ ।

भेरेश्चुकले बिहीबार अबेर एक भिडियो सन्देशमार्फत् रुसले १४ जना युक्रेनी अधिकारीलाई बन्दी बनाएको बताएकी थिइन् ।

उनले बन्दी बनाइएका अधिकारीहरूमध्ये अधिकांश स्थानीय राजनीतिज्ञ रहेको भन्दै उनीहरूलाई रिहाइ गर्न माग गरेकी थिइन । सर्वसाधारणलाई बन्धक बनाउनु अन्तर्राष्ट्रिय कानुनविपरीत हुने पनि उनको भनाइ थियो ।

रुसका मानवअधिकारसम्बन्धी सम्पर्क व्यक्ति तातियाना मोस्कालकोभाले समेत युद्ध बन्दी आदान(प्रदान भएको पुष्टि गरेकी छन् । उनका अनुसार ९ जना रुसी बन्दी छुटाउनका लागि मेलिटोपोलका मेयरलाई मुक्त गरिएको छ ।

रुसले पुटिनको आदेशलगत्तै एक महिनाअघि युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेको थियो । त्यसयता हजारौं मानिसको ज्यान गइसकेको छ भने युक्रेनका लाखौं मानिस शरणार्थी बन्न पुगेका छन् । -रासस

सम्बन्धित् समाचार