काठमाडौं : चिनियाँ स्टेट काउन्सलर एवम् विदेश मन्त्री वाङ यी तीन दिने भ्रमणका लागि आज काठमाडौं ओर्लिएका छन्। दक्षिण एसियाली देशको भ्रमणमा निस्किएका उनी चौथो गन्तव्यको रुपमा नेपाल ओर्लिएका हुन्। पाकिस्तान हुँदै अफगानिस्ता पुगेर बिहीवार साँझ नयाँ दिल्ली पुगेका थिए वाङ।
उनको भ्रमण नेपाललमा अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० प्रतिनिधिसभाबाट अनुमोदन भएको एक महिनाको अन्तरालमा भएकोले सबैले चासो व्क्तय गरेका छन्।
उनले आज साँझ नै काठमाडौं स्थित चिनियाँ दूतावासका अधिकारीहरुसँग छलफल गर्दैछन्। नेपालको वर्तमान अवस्थाका बारेमा उनले ब्रिफिङ लिने दूतावास स्रोतले जनाएको छ। विदेश मन्त्री वाङले शनिवार बिहानदेखि राजनीतिक भेटवार्तालाई अगाडि बढाउने छन्। शनिवार दुई देशबिच द्विपक्षीय वार्ता हुनेछ। त्यस्तै, बिहान परराष्ट्र मन्त्री नारायण खड्का र समकक्षी वाङबिच भेट हुने कार्याक्रम रहेको छ। शनिवार नै प्रधानमन्त्री शेरवाहादुर देउवासँग विदेशमन्त्री वाङले शिष्टाचार भेटवार्ता गर्नेछन्।
आइतवार बिहान मन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन्। त्यस्तै, उनले आइतवार नै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट्ने कार्यक्रम छ। मन्त्री वाङ आइतवार नै काठमाडौंबाट फर्किनेछन्।