गृहपृष्ठ Featured चितवनमा बस पल्टिँदा ३८ जना घाइते

चितवनमा बस पल्टिँदा ३८ जना घाइते

प्रकाशित मिति:

काठमाडौंः पृथ्वी राजमार्ग अन्तर्गत चितवनमा बस पल्टिँदा ३८ जना घाइते भएका छन्। चितवनको ईच्छा कामना गाउँपालिका ३ को पानीधारा भन्ने स्थानमा काकडभिट्टाबाट काठमाण्डौ तर्फ आइरहेको रहेको बा ५ ख ७९४२ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकमा पल्टिएको हो।

बसमा सवारमध्ये हालसम्म सम्पर्कमा आएका ३८ जना घाइतेहरु मध्ये २५ जनाको स्थानिय फिस्लिङ स्थित पोलिक्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरि अधिकारीले जानकारी दिए।

चालक सहित ६ जना घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। त्यसमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। १ जना ९चालक० मध्यम घाइते र ४ जना सामान्य घाइते रहेका छन्। ५ जनालाई उपचारको लागि ललितपूर स्थित बी एण्ड बी अस्पताल ल्याइएको छ।

बस सडकमा नै भएको कारण दुवै तर्फ बाटो अबरोध भएको थियो। क्रेनले बस हटाई दुवैतर्फ बाटो खुल्ला गरिएको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित् समाचार