आइसीसी एकदिवसीय महिला विश्वकपमा बंगलादेशलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई १०० रनको फराकिलो अन्तरले हराउँदै इङ्ल्यान्ड सेमिफाइनल पुग्ने तेस्रो टोली बनेको हो । टस जितेर ब्याटिङ रोजेको इङल्याडले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २३४ रनको योगफल तयार गरेको थियो ।
सेमिफाइनलमा पुग्न जित्नै पर्ने खेलमा इंग्ल्याण्डका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि बंगलादेशलाई ४८ ओभरमा १३४ रनमा अलआउट गर्दै फराकिलो जित निकालेको हो ।
अष्ट्रेलिया र दक्षिण अफ्रिका यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेका थिए ।