गृहपृष्ठ Featured सन्धिखर्कमा सिरक डसना उद्योगमा आगलागी हुदाँ ५० लाख रुपैयाँ बराबरको क्षति

सन्धिखर्कमा सिरक डसना उद्योगमा आगलागी हुदाँ ५० लाख रुपैयाँ बराबरको क्षति

प्रकाशित मिति:

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्कमा रहेको एक सिरक डसना उद्योगमा आगलागी भएको छ । सन्धिखर्कमा रहेको बिस्मिल्ला सिरक डसना उद्योगमा आज मङ्गलवार दिउँसो आगलागी भएको हो । आगलागीबाट झन्डै ५० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक (डीएसपी) अम्मरबहादुर थापाले जानकारी दिनुभयो ।

आगलागीबाट दुई वटा मेशिन, एउटा जेनेटर, सिरक डसना लगायत सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

उद्योगमा लागेको आगो झन्डै एक घण्टापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र दमकलको सहायताबाट आगो निभाइएको प्रहरी कार्यालयले जनाएको छ । बिजुली शर्ट भएर आगो लागेको बताइएको छ ।

यसैबीच आगो निभाउने क्रममा उद्योगी मोहम्द फिरोज बेहोस भएपछि उहाँलाई उपचारका लागि अस्पताल लगिएकोमा दुई घण्टापछि होस आएपछि उहाँ डिस्चार्ज हुनुभएको छ ।

सम्बन्धित् समाचार