गृहपृष्ठ Featured चुनावी तालमेल आवश्यक्ता अनुसार स्थानीय तहबाटै गर्नुपर्छ : कांग्रेस लुम्बिनी प्रदेश अध्यक्ष पुन

चुनावी तालमेल आवश्यक्ता अनुसार स्थानीय तहबाटै गर्नुपर्छ : कांग्रेस लुम्बिनी प्रदेश अध्यक्ष पुन

कपिलवस्तु : कांग्रेस लुम्बिनी प्रदेशका अध्यक्ष अमर सिंह पुनःले चुनावी तालमेल आवश्यकता अनुसार स्थानीय तहबाट गरिनु पर्ने बताएका छन् । उनले पार्टी कार्यकर्ताहरुको सुझाव र स्थिति हेरेर मात्र स्थाीयत तहबाट गरिदाँ उपयुक्त हुने उनले बताए । कांग्रेसको ‘ घर घर जाउ कांग्रेस जिताउ’ भन्ने अभियानको क्रममा पार्टीको क्षेत्रीय कार्य समिती क्षेत्र न.–२ (ख) को आयोजनामा संचालित आम सभा कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

उनले चुनावी तालमेलका लागि जिल्ला, क्षेत्रीय, नगर र गाउपालिका, वडाहरुबाट सुझाव संकलन गर्नु पर्ने बताए । स्थानीय तहका गरिने चुनवाी तालमेलमा प्रदेशबाट कुनै हस्तक्षेप भने नगर्ने उनले बताए । उनले आउने बैशाख ३० मा हुने निर्वाचनमा पार्टीले जित्ने उम्मेदवारलाई टिकट दिनु पर्ने बताए । एमसीसी देश विकासका लागि आएको अनुदान रहेको बताउँदै उनले यसको सदुपयोग गर्नु पर्ने बताए । एमसिसि बारे आएको भ्रमलाई पार्टी नेता कार्यकर्ताहरुले चिर्नु पर्ने बताए ।

उनले ओली सरकारले संबिधानलाईै कुल्चिएर दुई दुई पटक संसाद भंग गरेको र संबिधानको रक्षाकालागि प्रधान मन्त्री देउवाको नेतृत्व सरकार बनेको बताए । उनले ओली सरकारको पालामा भ्रष्ट्राचारका कान्डै कान्ड भएको, पानी जाहाज, ग्यास पाईमा लाईन जस्ता झुठा प्रचार अहिले जनताले बुझाी सकेको बताए । सो अवसरमा पार्टीका प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यले पार्टी नेता कार्यकर्ता एक भएर च्ुनावमा जानु पर्ने बताए । उनले जित्ने उम्मेदवारलाई नै पार्टीले प्राथमिकतामा राखेको बताए । उनले जिल्लाका १० वटै पालिकामा कांग्रेसले जित्ने भन्दै त्यसकालागि पार्टी नेता कार्यकर्ताहरु एक भई अझ बढी मिहीनेत गर्नु पर्ने बताए ।

क्षेत्रीय सभापति गिरीजेश कुमार पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी सभापति अब्दुल कलाम पुर्ब मन्त्री दीपकुमार उपाध्याय ,पुर्ब जिल्ला सभापति सुधाकर पाण्डेय पुर्ब जिल्ला सभापति कम्लेश कुमार शर्मा, पुर्ब जिल्ला सभापति राजेश आचार्य पुर्ब राष्ट्रिय सभा सदस्य दृग नारायण(पप्पु)पाण्डेय, प्रदेश सदस्य माया ज्ञवाली, प्रेमलता भट्ट, गाउपालिका उप प्रमुख कन्यावी उपाध्याय लगायतले मन्तब्य दिएका थिए ।

कार्यक्रमा जिल्ला उपाध्यक्ष सभापति रजत राज आचार्य उपाध्यक्ष हुमकान्त खनाल जिला सचिव शक्ति सिंह ठकुरी जिल्ला सचिव प्रेम बहादुर रायमाझीसह जिल्ला सचिव ओजी अर्सद कोषाध्यक्ष ध्यानेन्द्र हरिबंश मणि त्रिपाठी जिल्ला सदस्य अब्दुल करिम खान सोहरत तेली मोहन शर्मा राम आशिष् पाण्डेय दुर्गेश कुमार पाण्डेय संसदीय कार्य समिती सचिव परुवा लाल यादव गंगेश पाण्डेय राजु अर्याल, राजेश ज्ञवाली मोल्बी हारुन रामदेव कलवार लगायतको सहभागीता थियो ।

सम्बन्धित् समाचार