कपिलवस्तु : कपिलवस्तुको महाराजगन्ज नगरपालिकाका मेयर अब्दुल कलामले नगर लाई किचड मुक्त नगर भएको बताउनुभएको छ । स्थानीय तहको निर्वाचन नजिकिए सँगै २०७४ सालमा निर्वाचित भएका जनप्रतिनिधिहरूलाई नगरप्रमुख अब्दुल कलामले नगरको विकासमा सहयोग गरेको भन्दै सम्मान पत्रले सम्मान गर्नुभएको छ ।
५ वर्षको अवधिमा विवादरहित नगरपालिकाको रूपमा चिनाउन सफल भएकोमा सम्पूर्ण जनप्रनिधिहरुलाई धन्यवाद दिनुभयो । कार्यक्रममा बोल्दै नगरप्रमुख कलामले कतिपय पालिकाका जनप्रतिनिधिहरू विकासको वाधक भएको उदाहरण दिँदै महाराजगन्जमा त्यस्तै नभएकोमा खुसि व्यक्त गर्नुभयो । नगरप्रमुख कलामले नगरले गरेका विकासका कामको बारेमा चर्चा गर्नुभयो ।
५ वर्ष अघिको महाराजगन्ज नगर अहिलेको महाराजगन्ज तुलना गर्न आग्रह गर्नुभयो । नगरमा रहेका एक सय गाउँ किचड मुक्त बनाउने अभियान सुरु गरेको बताउनुभयो । ‘गाउँ पुग्ने र गाउँ भित्रका गल्लीहरू आरसिसी,पक्की लगायतका काम भइरहेको छ, कलामले भन्नुभयो ‘गाउँ पुग्ने सडक समेत नभएका ठाउँहरूमा अहिले पक्की बाटो पुगेको छ।’
कोभिडको बेला नगरका विद्यालयहरू क्वारेनटाइन तथा आइसलेसनको रूपमा प्रयोग गरेर नागरिकहरूलाई सहज वातावरण सिर्जना गरेको बताउनुभयो ।स्वास्थ्य चौकीका भवनहरू निर्माण गरेर वर्थिङ सेन्टर,आर्वेद औषधालय लगायत अस्पतालहरू सञ्चालनमा रहेको बताउनुभयो । १५ शय्याको अस्पतालको निर्माणको काम केही दिनमै सुरु हुने उहाँले बताउनुभयो । अस्पताल निर्माण पश्चात् बुटवल,भैरहवा,तौलिहवा लगायतका ठाउँमा उपचारको लागि जाने बाध्यता हट्ने कलामले बताउनुभयो ।
नगरको सिवाभारीमा भारतीय दूतावासको सहयोगमा ४ करोडको लागतमा विद्यालय भवन निर्माण भएको बताउनुभयो । दुई तले अत्याधुनिक भवन निर्माण भएको बताउँदै विद्यार्थीहरूलाई शिक्षण सिकाई मा सहजता आउने विश्वास व्यक्त गर्नुभयो ।








