गृहपृष्ठ Featured सिनेकर्मी विमल पौडेल एमालेमा प्रवेश

सिनेकर्मी विमल पौडेल एमालेमा प्रवेश

चितवन : माओवादी निकट चलचित्रकर्मी विमल पौडेल नेकपा (एमाले)मा प्रवेश गरेका छन् । सोमबार भरतपुरमा आयोजित एक कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पौडेललाई पार्टी प्रवेश गराएका हुन् ।

पौडेल माओवादी सशस्त्र संघर्षको कथावस्तुमा आधारित चलचित्र ‘जनयुद्ध’का लेखक तथा निर्देशकसमेत हुन् । उनी नेपाल चलचित्र निर्माता संघका उपाध्यक्ष र चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष पनि हुन् ।

चलचित्र विकास बोर्डका पूर्वअध्यक्षसमेत रहेका पौडेल ओस्कार कमिटी नेपालका अध्यक्ष पनि हुन् । उनले किसान, नागरिक, झिल्कोजस्ता चलचित्रको निर्देशन र प्रेमपूजा, दाइजो लगायत चलचित्रमा अभिनय पनि गरेका छन् । सोही कार्यक्रममा नेपाल बोटे समाज चितवनका सचिव प्रदिप बोटे पनि एमाले पार्टीमा प्रवेश गरेका छन् ।

उनले बोटेहरुको मुद्दामा पार्टीहरू बेखबरजस्तै हुने गरेकाले एमालेले आफूहरूको समस्यामा साथ दिनु पर्ने माग गरे ।

सम्बन्धित् समाचार