बुटवल : नेकपा एमालेले चुनावको प्रचारलाई लक्षित गरेर ‘टिकटक प्रतियोगिता’को आयोजना गरेको छ। प्रतिस्पर्धाका बिजेताले १ लाख रुपैयाँ पाउनेछन् । यस्तै, द्वितीय र तृतीय हुनेले क्रमश ५० हजार र २५ हजार नगद प्राप्त गर्नेछन्। एमालेका अनुसार टिकटकलाई शक्रियटिभ र लोकप्रिय गरी दुई विधामा पुरस्कार छुट्याइएको छ।
क्रियटिभ भिडियो निर्माण गर्ने तथा अत्याधिक भ्युज भएको भिडियो निर्माताले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन्। भिडियो नेकपा एमालेले अघि सारेको सुखी नेपाली समृद्ध नेपालको योजना र नेपालको विकासमा आधारित हुनुपर्ने बताइएको छ।
भिडियोमा ह्यासट्याग भोट फर सन्, सीपीएन यूएमएल, साइबर सर्कल नेपाल, आईएम विथ केपी ओलीको प्रयोग गर्नुपर्ने छ।
‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने उद्देश्यले राष्ट्रिय युवा संघ र साइबर सर्कलले एमालेको विचारधारा, विकास निर्माणको गतिविधि र पार्टीको सिद्धान्तलाई चर्चित भिडियो प्लेटफर्म टिकटकमार्फत नवीनता र सिर्जनशीलता पूर्वक समाजमा प्रस्तुत गर्न उक्त प्रतिस्पर्धाको आयोजना गरिएको हो।








