गृहपृष्ठ Featured प्रधानमन्त्री देउवाले गरे चोभार सुख्खा बन्दरगाहको उद्घाटन

प्रधानमन्त्री देउवाले गरे चोभार सुख्खा बन्दरगाहको उद्घाटन

काठमाडौंः चोभार सुक्खा बन्दरगाह मंगलबारदेखि सञ्चालनमा आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले चोभार सुख्खा बन्दरगाहको उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो । वीरगन्जबाट आएका मालबाहक ट्रकलाई प्रवेश गराएर बन्दरगाह सञ्चालनको आरम्भ गरिएको हो । मंगलबार वीरगन्ज नाकाहुँदै काठमाडौंका लागि मालवस्तु बोकेर आएका ३ वटा कन्टेनरलाई बन्दरगाह भित्र्याइएको थियो ।

तेस्रो मुलुकबाट काठमाडौंका लागि मालवस्तु बोकेर ती कन्टेनर वीरगन्ज नाकाहुँदै काठमाडौं आएका थिए । व्यवसायीले आयात गरेका वस्तु बन्दरगाह भन्सार कार्यालयबाट जाँचपास गराउन पाउने भएका छन् ।

सम्बन्धित् समाचार