सन्धिखर्क : जागृति कृषि तथा पशु बिकास महिला सहकारी संस्था लिमिटेड शितगंगा नगरपालिका १० को आयोजनामा ४६ जना उत्कृष्ट उधमिहरुलाई रु. ४७०४७१/- रुपैया उत्पादनमा आधारित अनुदान वितरण गरिएको छ ।
सितगंगा नगरपालिका अर्घाखाँची द्वारा आ.ब ०७७/०७८ को कार्यक्रम अन्तर्गत कृषि तथा पशु तर्फ को क्षेत्रमा सहकारी मार्फत बैज्ञानिक तरिकाबाट तौल गरि बिक्रि गर्ने कृषक हरुलाई उक्त रकम वितरणबाट गरिएको हो।
उक्त कार्यक्रममा सितगंगा नगर प्रमुख सुर्य प्रसाद अधिकारीले साना किसानहरुको मुहारमा हासो र खुसी तथा हौसला प्रदान गर्नका लागि नेपालमै नौलो तरिका बाट उधमीको हात हात मा सहकारी मार्फत नगद प्रदान गरिएको बताए ।
साना किसान हरुलाई माथी नउकासी नगर तथा देसमा समृद्धि नआउने हुनाले हामिहरु जहिले पनि किसान को साथ र सहयोगमा कार्यक्रम सन्चालन गरेको बताए ।
उक्त कार्यक्रममा सितगंगा नगरपालिका १० का वार्ड अध्यक्ष हिम्मत पोख्रेल , कार्यपालिका सदस्य शान्ता अधिकारी , हेफर/ ईपिसिडिसी अर्घाखाँची का परियोजना संयोजक केसब भुसाल , नेत्र मरासिनी , जनजागृती माविका प्राचार्य रोमाखर बन्जाडे लगायत ले शुभकामना मन्तब्य राखेका थिए ।
सहकारीका अध्यक्ष सरस्वता पोख्रेलको अध्यक्षतामा भयको कार्यक्रमको सन्चालन ब्यबस्थापक दिपा भुसालले गरेका हुन ।








