गृहपृष्ठ Featured नेपाली कांग्रेस लुम्बिनीले बनायो सभापति पुनको संयोजकत्वमा निर्वाचन वार्ता समिति

नेपाली कांग्रेस लुम्बिनीले बनायो सभापति पुनको संयोजकत्वमा निर्वाचन वार्ता समिति

बुटवल : आसन्न स्थानीय तहको निर्वाचनमा मिलेर जान पाँच दलीय गठबन्धनसँग वार्ताका लागि नेपाली कांग्रेस लुम्बिनी प्रदेशले वार्ता समिति गठन गरेको छ। नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनको संयोजकत्वमा ५ सदस्यीय वार्ता समिति गठन गरिएको नेपाली कांग्रेसले जनाएको छ।

प्रदेश समितिको तेस्रो बैठकबाट गठन गरिएको वार्ता समितिमा भरतकुमार शाह, भुवनप्रसाद श्रेष्ठ, राजु खनाल र प्रकाश राना छन्।

नेपाली कांग्रेसका प्रदेश सभापति पुनले सत्ता गठबन्धनमा सहभागी सबै दलहरूलाई न्यायोचित हुने गरी निर्वाचनको तालमेल गर्न वार्ता समिति गठन गरिएको बताए।

सभापति पुनले प्रदेशका सबै पालिका र वडा तहमा गठबन्धन दलहरूको अवस्था बुझेर सिट बाँडफाँट गर्ने बताए। त्यस्तै, बैठकले प्रदेश समितिका प्रवक्ता प्रचण्ड विक्रम न्यौपानेको संयोजकत्वमा ११ सय १ जनाको प्रचार प्रसार समिति गठन गर्ने निर्णय गरेको छ।

सम्बन्धित् समाचार